प्रभु बैंकको सीईओमा पुनः अशोक शेरचन नियुक्त
वि.सं.२०७९ माघ १३ शुक्रवार ०९:४९
5.62K
shares
shares

काठमाडौं, १३ माघ । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः अशोक शेरचन नियुक्त भएका छन्। बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले उनलाई पुनः प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो।
बैंकले उनलाई ४ वर्षे कार्यकालको लागि सीइओ नियुक्त गरेको हो । प्रभु बैंकले सेन्चुरी कमर्शियल बैंकलाई गाभ्दा नै शेरचन सीईओ हुने सहमति भएको थियो ।
शेरचन सन् २००७ मा प्रभु फाइनान्सको सीइओ भएका थिए । त्यसपछि उनी सन् २०१४ मा प्रभु बैंकको सीइओ भएका थिए ।















