स्मिथको अर्थशास्त्र फेल भइसक्यो : डा.कल्याण रोका
वि.सं.२०७९ माघ १९ बिहीवार ११:५८
shares

काठमाडों, १९ माघ । युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. कल्याण रोकाले बजेट अभावका कारण काम गर्नमा समस्या भएको बताएका छन् । आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) ले बुधबार काठमाडौंमा आयोजना गरेको गर्थन्त्रका चुनौति र समाधानका उपाय विषय अन्तरक्रियामा बोल्दै रोकाले कार्यक्रम बनाउने तर कार्यन्वयनका लागि आवश्यक पर्ने बजेट नहुने कारणले परिणाम नदेखिएको बताएका हुन् ।
‘अहिले पनि हामी प्रतिव्यक्ति आयको कुरामा नै अल्झेका छौँ तर ह्यापिनेश इकोनोमिकको कुरा आइसक्यो,’ उनले भने । अहिलेको अवस्थामा एडम स्मिथको अर्थशास्त्र फेल भइरहेको उनको भनाइ छ । अहिलेको आर्थिक नीति पविर्तन गर्न आवश्यक रहेको उनको तर्क थियो । सरकारले बनाउने नीति नियमहरुले आम सर्वसाधारणको जीवनमा प्रभाव पार्नु पर्न गरी ल्याउनु पर्ने उनको भनाइ छ ।
समाजवाद उन्मुख अर्थतन्त्र अबलम्बन गरेको देशमा बैंकलाई मात्रै प्रात्साहन गरेर त्यो लक्ष्य हासिल गर्न सम्भव नरहेको उनको धारणा थियो ।



















