Dhulikhel Eco Banner new

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको शेयर मूल्य समायोजन

5.6K
shares

काठमाडौं, १९ माघ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको शेयर मुल्य समायोजन भएको छ ।

कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनका लागि भोलि बुक क्लोज गर्ने निर्णय गरेसँगै कम्पनीको बोनश शेयरपछि नेप्सेले मुल्य समायोजन गरेको हो ।

कम्पनीको बोनश शेयरपछि मुल्य समायोजन गरी ३४२ रुपैयाँ ७२ पैसा कायम भएको छ । कम्पनीको आज अन्तिम कारोबार मुल्य ३६५ रुपैयाँको आधारमा नेप्सेले मुल्य समायोजन गरेको हो । अब आइतबार सोही मुल्यलाई आधार मानी कम्पनीको शेयर कारोबार खुल्नेछ ।