Dhulikhel Eco Banner new

सगरमाथा जलविद्युतको आईपीओमा आवेदन दिने म्याद थप

5.81K
shares

काठमाडौं, २६ माघ । सगरमाथा जलविद्युत कम्पनी लिमिटेड बिक्री खुला गरेको आईपीओमा आवेदन दिने समय थप भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने समय थप गरेको हो ।

आजसम्म आवेदन दिने म्याद रहेको आईपीओमा माग अनुसार आवेदन नपरेपछि आईपीओमा आवेदन दिने समय थप गरेर फागुन छ गतेसम्म आवेदन दिने समय बढाइएको छ । कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको १० प्रतिशत अर्थात ११ करोड २० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ११ लाख २० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्थानिय बासिन्दाले आयोजना स्थल, प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।