Dhulikhel Eco Banner new

बरुण हाइड्रोपावरको विद्युत बिक्री आम्दानी ५ प्रतिशतले वृद्धि, खुद नाफामा गिरावट

6.31K
shares

काठमाडौं, २६ माघ । बरण हाइड्रोपावर कम्पनी लिमिटेडले ६ करोड आम्दानी गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार ५ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको हो ।

कम्पनीको अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्मको अवधिमा गत वर्षको सोही अवधिको तुलनामा ५.४२ प्रतिशतले आम्दानी बढेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ करोड ६८ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो । विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेपनि खुद नाफा भने घटेको छ ।

कम्पनीको खुद नाफा भने समीक्षा अवधिमा १९.०७ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासिकमा कम्पनीले २ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको खुद नाफा १ करोड ६५ लाख रुपैयाँमात्र मात्रै रहेको छ । कम्पनीको प्रशासनिक खर्च २५० प्रतिशत बढेसँगै वित्तीय खर्च तथा ह्रासकट्टी खर्च बढेका कारण कम्पनीको नाफा घट्न पुगेको हो ।