Dhulikhel Eco Banner new

निफ्राको ऋणपत्र नेप्सेमा सूचीकृत

5.66K
shares

काठमाडौं, ११ फागुन । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको ऋणपत्र सुचिकृत भएको छ । आज बैंकको २२ लाख ८९ हजार ८ सय १३ कित्ता निफ्रा उर्जा ऋणपत्र सुचिकृत भएको हो ।

ऋणपत्र सुचिकृत भएसँगै आगामी आइतबारबाट यस ऋणपत्रको कारोबार सुरु हुने छ । ऋणपत्रको कारोबार ल्क्ष्ँच्ब्ग्च्डछ÷डट सिम्बलबाट हुने छ ।

बैंकले मङ्सिर २९ गतेदेखि पुस १४ गतेसम्म ऋणपत्र निष्काशन गरेको थियो । ७ वर्ष अवधिको यस ऋणपत्रमा बैंकले ७ प्रतिशत ब्याज प्रदान गर्ने छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ७८÷७९ को मौद्रिक नीतिको अर्थवार्षिक समिक्षा मार्फत पूर्वाधार विकास बैंकले समेत ऊर्जा ऋणपत्र जारी गर्नसक्ने व्यवस्था गरेको थियो । सोहि अनुसार बैंकले उर्जा ऋणपत्र निष्काशन गरि नेप्सेमा सुचिकृत गरेको हो ।