शेयर बजारमा भारी गिरावट, एकैदिन ५७ अंकको गिरावट
वि.सं.२०७९ फागुन ११ बिहीवार १५:१८
4.11K
shares
shares

काठमाडौं, ११ फागुन । साताको अन्तिम कारोबारको दिन नेप्से परिसुचक ५७ दशमलव ७४ अंकले ओरालो लागेको छ । बिहिबार नेप्से परिसुचक २ दशमलव ७८ प्रतिशतले घटेर २०२२ दशमलव ६४ को विन्दुमा पुगेको छ ।
नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ९७ अंकले ओरालो लागेको हो । आज दिनभर भएका ४८ हजार १ सय ५ कारोबारबाट २६० कम्पनीका ६३ लाख २६ हजार १ सय ५ कित्ता शेयर किनबेच भएक छन् ।
जसबाट आज भएको सम्पूर्ण कारोबार रकम २ अर्ब ५२ करोड २७ लाख १३ हजार १ सय ५३ पुगेको छ ।















