Dhulikhel Eco Banner new

सहकारीको पैसा कम्पनी र कम्पनीको पैसा सहकारीमा जान रोक्नु पर्छ : अध्यक्ष केबी उप्रेती

7.16K
shares

काठमाडौं, १४ फागुन । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीको पैसा कम्पनी र कम्पनीको पैसा सहकारीमा जाने कार्यलाई रोक्नु पर्ने बताएका छन् । आइतबार आर्थिक मिडिया सञ्चाल संघ (इमान) ले आयोजना गरेको ‘सहकारीमा संकट : कारण र समाधान’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष उप्रेतीले यस्तो बताएका हुन् ।

‘कुनै न कुनै कम्पनीको लगानी सहकारीमा रहेको छ र सहकारीको पैसा पनि कम्पनीमा लगानी रहको छ । यसलाई रोक्न सकेको खण्डमा मात्रै पनि समस्या धेरै हदसम्म समाधान हुन्छ,’ उनले भने । सरकारले सहकारीका बचतकर्ताहरुलाई लाइसेन्स लिएका सहकारीहरुमा रहेको रकम सुरक्षित हुन्छ भनेर आश्वस्त पार्नु पर्ने उनको भनाइ थियो । ‘यो कार्य राज्यको हो र राज्यले नै त्यसमा अग्रसर्ता लिनु पर्छ,’ उनले भने । गलत गर्नेहरुलाई कारबाही गर्नु पर्ने र ऐन नियममा भएका कुराहरु कार्यान्वयन गर्नु पर्नेमा उनको विषेश जोड थियो ।