Dhulikhel Eco Banner new

एमालेका मन्त्रीहरुलाई बर्खास्त गर्ने प्रधानमन्त्रीको तयारी

4.67K
shares

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेबाट मन्त्री बनेकाहरुलाई बर्खास्त गर्ने तयारी गरेका छन् । बर्खास्त नै गर्ने वा उनीहरुलाई विना विभागीय बनाउने भन्ने विषयमा परामर्श भइरहेको प्रधानमन्त्री कार्यालय निकट श्रोतले बताएको छ ।

आगामी २५ गते हुने राष्ट्रपतिको निर्वाचन अगावै एमाले मन्त्रीहरुलाई हटाउने विषयमा प्रधानमन्त्रीले परामर्श गरिरहेका छन् । यसैको पहिलो खुड्किलो स्वरुप प्रधानमन्त्रीले परराष्ट्रमन्त्री विमला राई पौड्यालको विदेश भ्रमण रोकिदिएका छन् । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिनका लागि आज आइतबार परराष्ट्रमन्त्री जनेभा जाने तयारीमा थिइन् ।