महिला लघुवित्तको ५० प्रतिशत लाभांश प्रस्ताव पारित
वि.सं.२०७९ फागुन २२ सोमवार ०९:५२
shares

काठमाडौं, २२ फागुन । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको पाचौँ वार्षिक साधारणसभा आगन्तुक रिसोर्ट भ्युटार मार्ग, धुलिखेल, काभ्रेमा सम्पन्न गरेकाे हाे ।
सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यसका साथै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष तारा कुँवरद्धारा प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । सभामा लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।
समितिले तोकेको व्यक्तिलाई पुर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरू पनि पारित गरेको छ ।
कम्पनीका सचिव एवम् प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले सभा सञ्चालन गरेका थिए ।
सभालाई सव्य र भव्य पार्नको लागि उपस्थित सेयरधनीहरुलाई संचालक समितिका सदस्य सुभास जमरकट्टेलले स्वगत मन्तव्य राखेका थिए । त्यसै गरी सभाका प्रमुख अथिति तुल्सी थापाले संस्थाको प्रगति र उन्नतिको शुभकामना व्यक्त गरेका थिए ।



















