Dhulikhel Eco Banner new

राष्ट्रपतिको चुनाव आज, साँझसम्म परिणाम आउने

5.9K
shares

काठमाडौं, २५ फागुन । नयाँ राष्ट्रपतिका लागि बिहीबार निर्वाचन हुँदैछ । राष्ट्रपतिको निर्वाचनका लागि बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

निर्वाचन सकिए लगतै मतगणना हुने र साँझसम्ममा मतपरिणामा आउने निर्वाचन आयोगले जनाएको छ । नयाँ राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।

संघीय सांसद (प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य) र प्रदेश सभा सदस्यहरुले निर्वाचनमा भाग लिनेछन् । संघीय सांसदहरुका लागि रातो र प्रदेश सभा सदस्यहरुका लागि हरियो रंगको मतपत्र बनाइएको छ । संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ छ । सबै उम्मेदवारको मतभार जोड्दा ५२ हजार ७८६ हुन्छ र राष्ट्रपति निर्वाचित हुन बहुमत अर्थात २६ हजार ३९४ मतभार आवश्यक पर्छ ।