Dhulikhel Eco Banner new

गाभिए दुइ इन्स्योरेन्स कम्पनी : सगरमाथा र लुम्बिनीको एकीकृत कारोबार सुरु

5.29K
shares

काठमाडौं, ३० फागुन । सगरमाथा इन्स्यारेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एकआपसमा गाभिएर बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आजदेखि एकीकृत कारोबार सुरु गरेको छ ।

आज काठमाडौंमा एक कार्यक्रमका बीच दुबै कम्पनी मर्ज भएपछि बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु भएको घोषणा गरिएको हो ।
दुइवटा कम्पनी गाभिएर बनेको कम्पनीको अध्यक्षमा मनोहर दास मुल र प्रमुख कार्यकारी अधिकृतमा चंकी क्षेत्रीले कार्यभार सम्हाल्ने भएका छन् ।

कार्यक्रममा क्षेत्रीले, विमा ऐन कार्यान्वयनमा आएको भन्दै खुसी व्यक्त गरे । उनले विमा क्षेत्रको विकास प्रदेश स्तरमा समेत भएको भन्दै यसले केन्द्रमा धाउनुपर्ने बाध्यता अन्त्य भएको बताए ।
संचालक समितिको संचालकमा दुवै कम्पनीको तर्फबाट ३÷३ जना र एक जना स्वतन्त्र संचालकको रुपमा रहने जानकारी दिइएको छ ।

मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार १९५ रुपैंया कायम रहने बताइएको छ । २०७९ साल आषाढ ३० गते दुबै कम्पनीहरु मर्जरमा जाने प्रारम्भिक सहमती भएपछि तोकिएको समय भन्दा एक महिना अगाडि नै यी दुई कम्पनीहरुको मर्जर प्रक्रियाले पूर्णता पाएको हो ।

कार्यक्रममा नेपाल बिमा प्राधिकरणका सुर्य प्रसाद सिलवालले, विमा प्राधिकरणले पछिल्लो समय सुधारका पक्षमा धेरै काम गरेको जिकिर गरेका छन् । दुई कम्पनीको मर्जरका लागि बधाई दिदैँ उनले राम्रो कामको सुरुवात भएको भन्दै आभार प्रकट गरे मर्ज गर्ने काम कठिन भएको भन्दै भने ‘जोडिने काम धेरै गाह्रो हो नी । हामी तोडे तोडको समाजमा बसेको ठाउँमा बसेको मान्छे जोडेको अनौठो पो लाग्छ मान्छेलाई’

एकिकृत कारोबार पश्चात् सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय नक्सलामा रहने छ ।