Dhulikhel Eco Banner new

शेयर बजार आरालो लाग्ने क्रम जारी, कारोबार रकम १ अर्ब ७ करोड

4.8K
shares

काठमाडौं, ५ चैत । शेयर बजार परिसूचक साताको पहिलो कारोबार दिन आइतबार पनि आरालो लागेको छ । अघिल्लो हप्ता ६९ अंक बढीले घटेको शेयर बजार आइतबार ६ दशमलव ०९ अंकले घटेको हो ।

अघिल्लो हप्ताको अन्तिम कारोबार दिनभन्दा ६ दशमवल ०९ अंकले घटेको शेयर बजार १९२६ दशमलव ४० अंकमा पुगेको छ । आइतबार २५९ कम्पनिका ३१ लाख ६३ हजार ३८९ कित्ता शेयर कारोबारबाट १ अर्ब ६ करोड ९८ लाख ४ हजार ८२५ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै क वर्गको मापक सेन्सेटिभ इन्डेक्स पनि आइतबार १ दशमलव ५२ अंकले घटेर ३६३ दशमलव २६ अंकमा झरेको छ । आइतबार होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, व्यापार र निर्जीवन बीमा उपसूचकमा वृद्धि भएपनि बैंकिङ सहित जीवन बीमा, उत्पादनमुलक, लघुवित्त लगायतका उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको छ ।