Dhulikhel Eco Banner new

राष्ट्र बैंकका सञ्चालक शिवाकोटीको ‘पानी दर्केर’ सार्वजनिक

5.51K
shares

काठमाडौं, ५ चैत । नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटीको पानी दर्केर गीत सार्वजनिक भएको छ । राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर समेत रहेका शिवाकोटीको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

गीतमा रोजगारीका लागि विदेशीएका युवा र उसको घरपरिवारको पीडा समेटिएको छ । नेपालको ग्रामीण समाजको वास्तविक घटनालाई लिएर चित्रण गरिएको म्युजिक भिडियोमा साहुको ऋण तिर्नका लागि श्रीमान विदेश गएको र परिवारलाई साहुले दुख दिएको विषय समेटिएको छ । घरमा भएका परिवारलाई छिटो ऋण चुक्ता गर्नका लागि साहुले दबाव दिएको र उसको अपमान तथा विदेशमा रहका युवाको पिडा भिडियोमा देख्न सकिन्छ ।

यो म्युजिक भिडियोमा नेपालीको वास्तविक पीडा समेटिएको शिवाकोटीले बताए । ‘स्वदेशमा रोजगारी नपाउँदा र कमाउने मान्छे विदेश गएको अवस्थामा घर परिवारले भोग्नु परेको पिडालाई गीतमा समेटेको छु,’ उनले भने । साहुका बचन सहन नसकेको र छिटो आफ्ना श्रीमानलाई घर फर्कनका लागि आग्रह गरेको र ऋण तिर्ने गरी घर फर्किने श्रीमानको आश्वासनले भिडियोलाई निकै मार्मिक बनाएका छ ।

गीतमा गायक प्रबिन बेडवाल र रचना रिमालको स्वर रहेको छ । बरिष्ठ संगितकार हरि लम्सालको संगीत रहेको उक्त म्युजिक भिडियोमा वर्षा शिवाकोटी र प्रकाश सपूतले अभिनय गरेका छन् । भिडियोको निर्देशन शुनिल बिकले गरेका छन् ।