Dhulikhel Eco Banner new

के नेपाल विश्वकमा छनोट भएको हो ? (भिडियाे सहित)

5.56K
shares

काठमाडौं, ७ चैत । बिहीबार युएईलाई पराजित गरेसँगै नेपाली क्रिकेट टोलि विश्वकमा पुग्यो भन्दै सामाजिक सञ्जालमा शुभकामना आइरहेको छ । के नेपाल विश्वकमा पुगेको हो त ? हामी आज यो विषयमा तपाइलाई जानकारी दिदैँ छौँ । युएईलाई पराजित गरेको नेपाल विश्वकपमा नभई विश्वकप छनोटको ग्लोबल छनोटमा मात्रै पुगेको हो ।

अब नेपाली टोलिले जिम्बावेमा हुने विश्वकप ग्लोबल छनोटमा स्वतः स्थान बनाएको हो । नेपाल अब जिम्बावेमा हुने विश्वक ग्लोबल छनोट खेल्नका लागि जुन जुलाईमा नैरबि जाँदै छ । त्यहाँ १० राष्ट्रको सहभागिता रहने छ । १० टोलिमध्ये शिर्ष दुई स्थानमा रहने टोलि भारतमा हुने विश्वकपमा स्थान बनाउने छन् ।

आईसीसी विश्वकप लिग टू मा प्रतियोगिताबाट शिर्ष तीन स्थानमा रहेर नेपाल विश्वकप छनोटमा स्थान बनाउन सफल भएको हो । छनोटमा सहभागी हुने १० मध्ये ५ टिमको टुंगो लागिसकेको छ । अब पाँच टिमको टुंगो लाग्न बाँकी छ । जसमध्ये लिग टू बाट नेपाल, स्कटल्यान्ड, ओमान तथा सुपर लिगबाट जिम्बाब्वे र नेदरल्यान्ड्स गरी पाँच टिमले विश्वकप छनोट प्रतियोगिता खेल्ने पक्का भएको छ ।

अब प्ले अफका दुई टिम र सुपर लिगका तीन गरी पाँच टिमको टुंगो लाग्न बाँकी छ । सुपर लिगबाट वेष्ट इन्डिज, दक्षिण अफ्रिका, श्रीलंका र आयरल्यान्ड गरी चार टिममध्ये तीन टिमले विश्वकप छनोट आउँने छन् । प्ले अफमा खेल्ने ६ वटै टिमको टुंगो लागिसकेको छ । प्लेअफमा क्यानडा, जर्सी, अमेरिका, नामिबिया, यूएई र पपुवा न्युगिनी छन् । नामिबियामा यही मार्च २६ देखि सुरू हुने प्ले अफका शीर्ष दुई टोलीले पनि विश्वकप छनोट खेल्न पाउने छन् ।