रंगशालाका कारण दुई वर्षदेखि मानसिक रुपमा विछिप्त छु : धुर्मुस
वि.सं.२०७९ चैत ७ मंगलवार १५:५३
shares

काठमाडौं, ७ चैत । कलाकार सीताराम कट्टेल (धुर्मुस) ले रंगशालाका कारण आफू मानसिक रुपमा विछिप्त बनेको बताएका छन् । मंगलबार चितवनको भरतपुरमा निर्माणधिन रंगशाला स्थलबाट सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै धुर्मुसले रंगशालाका विषयमा सरकारले पहल नगरेको बताएका हुन् ।
उनले भिडियोमा रंगशालाको बारे छिटो निर्णय गरिदिन पनि आग्रह गरेका छन् । ‘सरकारले निर्णय देला र हरहिसाब सार्वजनिक गरौंला भनेर बस्दाबस्दै डेढ वर्ष बितेछ । एकपछि अर्को समिति बन्दा पनि निर्णय नभएको भन्दै छिटो निर्णय गरिदिन आग्रह गर्दछु,’ उनले भने । अहिले आफु रुदै हिड्नु पर्नेको उनको भनाइ थियो ।
‘देशका लागि काम गर्दाको सजाय यति कठोर होला भन्ने कल्पना समेत गरेको थिएन । म बिन्ती गर्छु, यदि मेरो खोट छ भने निर्णय होस्’ उनले भने ।



















