Dhulikhel Eco Banner new

नेपालकाे एकदिवसीय वरीयतामा सुधार

5.14K
shares

काठमाडौं, ८ चैत । नेपालले एकदिवसीय अन्तराष्ट्रिय वरीयतामा सुधार गरेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो ।

नयाँ वरीयता अनुसार नेपाल १५ औं स्थानमा उक्लिएको छ । यस अघि नेपाल १६ औं स्थानमा रहेको थियो । पछिल्लो सिरिजमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल ओमानलाई पछि पार्दै १५ औँ स्थानमा उक्लिएको हो । नेपाल ३१ रेटिङ र १२३८ अंकका साथ नेपाल १५ औँ स्थानमा पुगेको हो ।

आईसीसीले जारी गरेको वरियताको शिर्ष स्थानमा भारत रहेको छ । एसोसियट राष्ट्र तर्फ स्कटल्यान्ड शीर्ष स्थानमा कायमै रहेको छ । स्कटल्यान्ड १२ औं स्थानमा कायमै रहेको छ । एसोसियट राष्ट्र तर्फ नेपाल भन्दा अगाडी नेदरल्यान्ड्स र स्कटल्यान्ड रहेका छन् । नेपाल भन्दा पछाडी ओमान, नामिबिया, अमेरिका, युएई र पपुवा न्युगिनी रहेका छन् ।