लाओस विरुद्ध नेपालको अग्रता
वि.सं.२०७९ चैत ८ बुधवार १८:३९
5.6K
shares
shares

काठमाडौं, ८ चैत । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा लाओस विरुद्धको खेलमा नेपालले सुरुवाती अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले २९ औँ मिनेटमा गोल गरेको हो ।
नेपालका लागि अनन्त तामाङले गोल गर्दै घरेलु टोलिलाई अग्रता दिलाएका हुन । प्रतियोगितामा नेपाल, लाओस र भुटान सहभागि रहेका छन् । डिफेण्डर तामाङले कर्नरमा आएको बललाई हेडर मार्फत उत्कृष्ट गोल गरेका हुन् ।



















