Dhulikhel Eco Banner new

लाओस विरुद्ध नेपालकाे दोस्रो गोल

5.24K
shares

काठमाडौं, ८ चैत । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत नेपालले लाआोस विरुद्धको खेलमा २–० को अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नवयुग श्रेष्ठले गोल गरेसँगै नेपालले अग्रता दोब्बर पारेको हो ।

पहिलो हाफको २९ औँ मिनेटमा अनन्त तामाङ्को गोलमा अग्रता लिएको थियो । दोस्रो हाफको ५५ मिनेटमा नवयुगले गोल गरेसँगै नेपालले अग्रता दोब्बर बनाएको हो । प्रतियोगितामा नेपाल, लाओस र भुटान सहभागि रहेका छन् ।