Dhulikhel Eco Banner new

थ्री नेसन्स कप फुटबलमा नेपालको विजयी सुरुवात, लाओस २–० ले पराजित

6.24K
shares

काठमाडौं, ८ चैत । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले पहिलो खेलमा लाओसलाई २–० ले पराजित गरेको हो ।

नेपालको लागि अनन्त तामाङ र नवयुग श्रेष्ठले गाेल गरेका थिए । अनन्तले खेलको २९ औँ र नवयुगले ५५ औँ मिनेटमा गोल गरेका थिए । प्रतियोगितामा नेपाल, लाओस र भुटान सहभागि रहेका छन् ।