Dhulikhel Eco Banner new

कृषि उद्यमी कटुवाल एफएनसीसीआईको केन्द्रीय सदस्यमा उठ्ने

11.7K
shares

काठमाडौं, ८ चैत । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा कृषि उद्यमी खोजराज कटुवाल पनि उठ्ने भएका छन् । वस्तुगत तर्फको केन्द्रीय सदस्यका लागि कृषि उद्यमी कटुवालले उम्मेदवारी दिने भएका हुन् ।

तत्कालिन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टबाट सम्मान पत्र ग्रहण गर्दै खोजराज कटुवाल

चितवनमा उनले कृषि औजारको उद्योग समेत चलाइरहेका छन् । कृषि प्रधान मुलुक भएर पनि कृषि पेशालाई उचित सम्मान नेपालमा छैन । कृषकको हकहितका लागि समेत कटुवाल सक्रिय छन् । लामो समय विदेशमा बसेर स्वदेशमै कृषि उद्यम गरेको भन्दै तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारका तर्फबाट समेत उनी सम्मानित भएका थिए ।

महासंघको चुनावका लागि अहिले वरिष्ठ उपाध्यक्षका आकांक्षीहरु प्यानल सहित मैदानमा उत्रने तयारीमा छन् । खोजराज कटुवाल भने उमेशलाल श्रेष्ठको प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने भएका हुन् । कटुवाल महासंघको वस्तुगत संघको रुपमा रहेको कृषि मेसिनरी संघको अध्यक्ष समेत हुन् ।