ग्लोबल मनि विकको अवसरमा सिभिल लघुवित्तको झापा शाखाको वित्तीय साक्षरता
वि.सं.२०७९ चैत ८ बुधवार २०:१४
shares

काठमाडौं, ८ चैत । ग्लोबल मनि विकको अवसरमा सिभिल लघुवित्तले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । लघुवित्तको झापा शाखाले ग्लोबल मनि विकको अवसरमा वित्तीय क्षेत्रका विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी जानकारी सहित कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रम शाखा प्रमुख पेशल दाहालले वित्तर्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण दिएका थिए । ग्लोबल मनि विकको लागि यो वर्ष ‘प्लान योर मनि प्लान योर फ्युचर’ भन्ने नारा तय गरिएको छ । सन् २०१२ देखि मार्च महिनाको एक हप्ता सप्ताह व्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरेर ग्लोबल मनि विक मनाउने गरिन्छ ।
सप्ताहको अवसरमा वित्तीय संस्थाहरुले वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गरेर मनाउने गरेका छन् ।



















