Dhulikhel Eco Banner new

नेपालको व्यापार घाटा ९ खर्ब बढी, आठ महिनामा १० खर्बको आयात गर्दा १ खर्बको मात्रै निर्यात

5.2K
shares

काठमाडा, ९ चैत । नेपालले चालु आर्थिक वर्षको ८ महिनामा १० खर्बको आयात गर्दा जम्मा १ खर्बको मात्रै निर्यात गरेको छ । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपालले १ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँको वस्तु निर्यात गर्दा सो अवधिमा १० खर्ब ५८ अर्ब ३८ करोडको वस्तु आयात गरेको हो ।

चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपालको वैदेशिक व्यापार घाटामा भने कमी आएको छ । ८ महिनाको अवधिमा नेपालको वैदेशिक घाटा १८ प्रतिशतले कमी आएको हो । माघ मसान्तसम्म नेपालका वैदेशिक घाटा ९ खर्ब ५३ खर्ब ५८ करोड रहेको छ ।

आठ महिनामा ३८ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । यस्तै २२ अर्बको तरकारी, झन्डै १२ अर्बको फलफूल, ६४ अर्बको घिउ÷तेल र एक अर्ब ६५ करोड रुपैयाँको दुधजन्य पदार्थ आयात भएको छ । यस्तै दुई खर्ब २७ अर्बभन्दा धेरैको पेट्रोलियम पदार्थ, २९ अर्बको औषधी र कच्चा पदार्थ, २७ अर्बको बिउबिजन, ४० अर्बको पलास्टिकजन्य वस्तु र ८७ अर्ब रुपैयाँको फलामलगायतका वस्तु आयात भएका छन् ।

निर्याततर्फ २३ अर्बको घिउ÷तेल, झन्डै ४ अर्बको तरकारी र खाद्यान्न, १० अर्बको चिया÷कफी र ८ अर्ब रुपैयाँको तयारी, पोसाकलगायतका सामान निर्यात भएको छ ।