‘मिस इन्फरमेशन’ तोड्न सक्नु सामुदायिक रेडियाको दायित्व हो : काँग्रेस महामन्त्री थापा
वि.सं.२०७९ चैत ९ बिहीवार १८:१७
shares

काठमाडौं, ९ चैत्र । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सञ्चार माध्यम सरकारको असली प्रतिपक्ष रहेको बताएका छन् । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को १७ औं साधारण सभामा महामन्त्री थापाले राजनीतिक दल स्वार्थ केन्द्रीत भई साझा एजेण्डामा समेत पक्ष र प्रतिपक्ष उभिने तर, सञ्चार माध्यमले त्यसो नगरी सँधै जनताको पक्षमा उभिने बताए ।
नागरिक स्वतन्त्रताको बिषय तलमाथि हुँदा सरकारलाई समेत नछाड्ने सन्देश सञ्चार माध्यमले सँधै दिनसक्नु पर्ने उनको भनाई छ । समुदायलाई सहि सूचना दिने काममा सामुदायिक रेडियो बलियो भएर खडा हुनु पर्ने महामन्त्री थापाको भनाई थियो ।
उनले भने ‘कतिपय बिषयमा ‘मिस इन्र्फमेसन’बाट समाज निर्देशित भएको छ । त्यसलाई तोड्ने काम कसले गर्छ ? जवाफ सिधा छ । त्यो काम सामुदायिक रेडियोले गर्छ । यो बिषयलाई सामुदायिक रेडियोले स्थापित गर्नसक्नु पर्छ । सामुदायिक रेडियोको यो सबभन्दा ठूलो दायित्व हो ।’
कार्यक्रममा उनले नागरिक स्वतन्त्रता सबैभन्दा माथि रहेको बताए ।
‘



















