Dhulikhel Eco Banner new

जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य समायोजन

4.71K
shares

काठमाडौं, १० चैत । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले लघुवित्तको १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात लघुवित्तको शेयरमूल्य ९४७ रुपैयाँ ८३ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बिहीबार, दोस्रो बजारमा लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

लघुवित्तले चैत २६ गते १२ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभाले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।