Dhulikhel Eco Banner new

११ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका शिक्षक पक्राउ

6.28K
shares

काठमाडौं, १० चैत । ११ वर्षीया छात्रामाथि बलात्कारको आरोप लागेका धनुषाको सबैला नगरपालिका ३ मा रहेको सनराइज बोर्डिङ स्कूलका शिक्षक जितेन्द्र यादव पक्राउ परेका छन् । घटनालगत्तै फरार भएका उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

यादवमाथि मंगलबार स्कूल गएकी कक्षा २ मा अध्ययनरत स्थानीय छात्रालाई शौचालयमा थुनेर बलात्कार गरेको आरोप लागेको छ । घटनालगत्तै उनी फरार भएका थिए । उनी फरार भए पछि विद्यालयका प्रिन्सीपललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नाबालिग छात्रामाथि बलात्कारको आरोप लागेपछि शिक्षक यादव पक्राउ परेको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक रामकृष्ण देवकोटाले जानकारी दिए । उनका अनुसार शिक्षक यादवलाई सिरहाको बन्दीपुरबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार आरोपी यादवमाथि जर्वजस्ती करणी मुद्दा चलाएको छ तर, प्रिन्सीपललाई कारवाही गर्न चाहेको छैन । यता, जितेन्द्रका बुवा सिटहु यादवले पीडितकी आमालाई लेनदेन गरी घटना मिलाउन दबाब दिन थालेका छन् । सिटहुले ‘छोरीको पनि इज्जत जान्छ’ भन्दै लेनदेन गरी मिल्न दबाब दिएको पीडित छात्राकी आमाले बताइन् ।