Dhulikhel Eco Banner new

म मेरो कामबाट एक प्रतिशत पनि सन्तुष्ट छैन : डा. राेका

6.42K
shares

काठमाडौं, १० चैत । युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. देवराज रोकाले आफू आफ्नो कामबाट एक प्रतिशत पनि सन्तुष्ट नरहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित बैंक तथा वित्तीय संस्थामा दृष्टि विहीन महिलाहरूको समस्या विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै रोकाले आफू आफ्नो कामबाट सन्तुष्ट नरहेको बताएका हुन् ।

‘म आफु स्वयम आफ्नो कामबाट सन्तुष्ट छैन्, राज्यसंयन्त्रका उच्च पदमा भएका व्यक्तिहरु यो भन्न सक्छन कि सक्दैनन तर म भने मेरो कामबाट एक प्रतिशत पनि सन्तुष्ट छैन,’ उनले भने । देश भित्र बस्ने नागरिकले राज्यको भएको अनुभूति गर्नु पर्ने भए पनि राज्यले सबै वर्गलाई समेट्न नसक्दा आफू स्वय शून्यता तिर गइरहेको उनको भनाइ थियो । ‘म आफू शून्यता तिर गइरहेको छु । मलाई पनि राज्य भएको अनुभव नै भइरहको छैन,’ उनले भने । एउटा देशको नागरिकले काम खोज्दा काम पाएन भने त्यो भन्दा ठुलो पिडा के हुन्छ ? उनको प्रश्न गरे ।

राज्यले बनाएको नीतिले सबै वर्ग सम्प्रदायका व्यक्तिलाई समेट्न नसकेको उनको उनको भनाइ छ । उनले आफू योग्य भए पनि काम हुन नसक्नुको कारण भने राज्यको नीति रहेको उनले आरोप छ । सरकारमा गएका मन्त्रीहरु फुलमालाको खोजिमा मात्रै लाग्ने गरेको उनको आरोप थियो । ‘मन्त्रीहरु फूलमाला कहा छ, सम्मान कता पाइन्छ भनेर मात्र खोज्छन् तर काम कता छ ? के गर्नु पर्छ नीति नियम के छ भन्ने विषयमा भने उहाँहरुको ध्यान कहिले पनि गएन,’ उनले भने ।