Dhulikhel Eco Banner new

शेयर बजारमा दोहोरो अंकको गिरावट, परिसूचक १८८८ विन्दुमा

4.47K
shares

काठमाडौं, १२ चैत । लगातार रुपमा ओरोलो लागिरहेको शेयर बजार परिसूचक आइतबार पनि दोहोरो अंकले घटेको छ । लगातार घटेको शेयर बजार परिसूचक पनि १९०० विन्दुभन्दा पनि तल झरेको छ ।

हप्ताको पहिलो कारोबार दिन शेयर बजार २६ दशमवल ८७ अंकले घटेर १८८८ दशमवल २७ विन्दुमा पुगेको छ । आइतबार २५९ कम्पनीका ३७ लाख ५४ हजार ३३४ कित्ता शेयर किनबेचबाट १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै क वर्गको मापक सेन्सेटिभ भन्डेक्स पनि ५ दशमवल ०१ अंकले घटेको छ । आइतबारको कारोबार बन्द हुँदा ३५६ विन्दुमा झरेको छ ।