अपाङ्गता भएका व्यक्तिहरुले प्रभु क्यापिटल मार्फत डिम्याट खाता खोल्दा शुल्क नलाग्ने
वि.सं.२०७९ चैत १२ आइतवार १५:१२
shares

काठमाडौं, १२ चैत । प्रभु क्यापिटल लिमिटेडले काठमाडौं बहिरा संघका सदस्यहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ । क्यापिटलले ग्लोबल मनि विक २०२३ को अवसरमा संघका सदस्यहरुलाई शेयर बजार सम्बन्धी एक दिने प्रशिक्षण प्रदान गरेको हो ।
पुँजी बजार सम्बन्धी जनचेतना जोगाउने उद्देश्यकले कार्यक्रमको आयोजना गरिएको हो । सो कार्यक्रममा काठमाडौं बहिरा संघ नेपाल अन्र्तगत रहेका ५० जनाभन्दा बढी सदस्यहरु सहभागि रहेका थिए । कार्यक्रमको तालिम सञ्चालन प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा तथा श्रीया कुटुले गरेका थिए । बहिराहरुलाई जानकारी दिनका लागि सांकेतिक भाषामा दोभाषेहरुमा रेनु शाह तथा सुनीता श्रेष्ठले प्रस्तुती गरेका थिए ।
कार्यक्रम पुँजी बजारमा शुरुवाती प्रवेश के कसरी गर्ने, मेरो शेयर के कसरी चलाउने, शेयरबजार सम्बन्धी सूचनाको स्रोतहरु आदि विषयमा सामूहिक रुपमा अन्तरक्रिया गरी कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा काठमाडौं बहिरा संघ नेपाल सम्बद्घ सहभागी सदस्यहरुले शेयर बजार सम्बन्धी आजको तालिम कार्यक्रम एकदमै फलदायी भएको तथा अब शेयर बजारमा लगानी गरी आर्थिक उपार्जन गरी आर्थिक रुपमा सबल बन्न सक्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडको कार्य सञ्चालन विभाग प्रमुख बसन्ता उपाध्यायले ग्लोबल मनि विक २०२३ को अवसरमा यो प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताँउदै तालिम प्रतिको सहभागी सदस्यहरुका उत्साह तथा अन्तरक्रियामा सक्रिय सहभागीता देख्दा अत्यन्त खुशी लागेको बताइन ।
उनल ग्लोबल मनि विकमा यस वर्ष Plan your Money, Plant your Future मूलनारा रहेको भन्दै यसको प्रमुख सन्देश युवा अबस्थाबाट नै व्यक्ति वित्तीय रुपमा सबल बन्न यो मूलनारा अनुशरण गरी लगानीको स्रोतबारे ज्ञान लिने, आयबाट केही बचत गर्ने बानी बसाल्ने तथा सो बचत लगानी गरि सोलाई गुणात्मक वृद्घि गर्न पुँजी बजार समेत एक राम्रो स्रोत रहेको जानकारी दिदै उपस्थित सबैजनालाई पुँजी बजारमा लगानी गर्न प्रोत्साहन गरिन् ।
यसका साथै शारीरिक तथा मानसिक कमी कमजोरी भई अपाङ्गता भएका “क” तथा “ख” वर्गको अपाङ्गता भएका व्यक्तिहरुलाई धितोपत्र बजार प्रवेशमा प्रोत्साहन गर्नका लागि प्रभु क्यापिटल मार्फत डिम्याट तथा मेरो शेयर खोल्दा कुनै पनि शुल्क नलाग्ने तथा आजीवन सो सुविधा निशुल्क पाउने व्यवस्था रहेको समेत जानकारी दिइन ।



















