Dhulikhel Eco Banner new

व्यवसायीका समस्या समाधान मेरो पहिलाे प्राथमिकता : पूर्व उपाध्यक्ष श्रेष्ठ

4.29K
shares

काठमाडौं, १२ चैत । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले व्यवसायीका समस्या समाधना गर्नु नै आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको प्रत्यासी समेत रहेका श्रेष्ठले समग्र अर्थतन्त्रलाई सहि दिशामा ल्याउन र व्यवसायीका समस्या समाधानका लागि आफू वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन लागेको बताएका हुन् ।

महासंघमा आबद्ध भएको पनि लामो समय भएकाले आफूले व्यवसायीका समसइालाई राम्रोसँग बुझेको उनको भनाइ छ । सबैको सल्लाह अनुसार नै आफू अघि बढेको उनले बताए । ‘यसपटक मैले ठूलो चुनौती लिने प्रयत्न गर्दैछु । वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचन लड्न गइरहेको छु । हाम्रो अर्थतन्त्रमा अनेकन समस्या देखिएका छन् । ती समस्यालाई म व्यवसायी भएकाले राम्रोसँग बुझेको छु । ती समस्या समाधान गर्न सक्छु भन्ने विश्वास पनि छ’ उनले भने, ‘अहिले महासङ्घमा सरकारसँग डटेर मुकाबिला गर्न सक्ने नेतृत्व आवश्यक छ । मेरो पहिचान पनि त्यस्तै खालको व्यक्ति भनेर स्थापित छ ।’

मुलुकको अवस्था चुनौतिपूर्ण रहे पनि निजी क्षेत्रको हितमा काम गर्नका लागि आफू अघि सरेको उनको भनाइ छ । ‘मैले निजी क्षेत्रका लागि ३० वर्ष खर्चेको छु र मलाई लाग्छ साथीहरुले मलाई विजयी गराउनुहुनेछ । निजी क्षेत्र भनेको सरकारपछिको सबैभन्दा ठूलो सञ्जाल भएको संस्था हो,’ उनले भने । कुल अर्थतन्त्रको ७० प्रतिशत हिस्सा निजी क्षेत्रले ओगटेको भन्दै यसको साख जोगाउनका लागि पनि आफू तयार महासंघको नेतृत्वमा जान लागेको उनको भनाइ थियो ।

कोरोनापछिको समयमा सरकारले कामै नगरेको उनको आरोप थियो । कोरोनापछि उठ्न लागेको अर्थतन्त्रमा बैंकको ब्याजको मार प¥यो । तरलताको अभाव देखियो । कोरोनापछि बैंकहरुसँग प्रशस्त तरलता भयो । मनलाग्दी तरिकाले हरेक क्षेत्रमा लगानी भएका कारण अहिलेको अवस्था आएको उनको भनाइ थियो ।