Dhulikhel Eco Banner new

यसरी मनाइयो चैती छैठी (फोटोफिचर)

6.12K
shares

काठमाडौं, १४ चैत । जनकपुर, वीरगंज लगायत मिथिलाञ्चलमा आज(मंगलवार) बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ सम्पन्न भएको छ । चार दिनसम्म मनाइने यो पर्वको अन्तिम दिन तराईका विभिन्न जिल्लास्थित जलाशयमा उदाउँदो सूर्यलाई अर्घ दिँदै चैती छट समापन हुने गर्छ ।

विशेषगरी, तराई क्षेत्रमा मनाईने चैती छठ मनाउन पर्सा, जनकपुर, महोत्तरी लगायत जिल्लाका पोखरी, तलाउ र नदीमा पुगेर नुहाउने चलन छ ।

शरिर शुद्ध बनाएर उदाउँदो सूर्यलाई अर्घ दिइपछि छठ समापन हुने गर्छ । बिशेषगरी मिथिलाञ्चलभित्र पर्ने जलेश्वर, मटिहानी, गौशाला, बर्दिवास लगायत सहरी तथा ग्रामीण क्षेत्रस्थित पोखरी र नदी किनारमा ब्रतालुको घुइँचो लाग्ने गर्छ ।

छठ मनाउँदा पारिवारिक सुख र शारीरिक कल्याण हुने जनविश्वास रहेको छ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन बर्तालुले नहा खा अर्थात् नुहाएर शरिर चोख्याउने गर्छन् ।