Dhulikhel Eco Banner new

सरकारलाई पूर्णता दिनै सकस

5.1K
shares

काठमाडौं, १४ चैत । सरकार विस्तारमा ढीलाइ भइरहँदा अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १६ वटा मन्त्रालयको जिम्मेवारी सम्माल्नु परेको छ । सत्ता समिकरणमा आएको फेरबदलका कारण अहिले प्रधानमन्त्री सहित जम्मा ६ वटा मन्त्रीले देश सञ्चालन गरिरहेका छन् । एक जना भने राज्यमन्त्री पनि छन् ।

दोस्रो पटक विश्वासको मत लिए पछि प्रधानमन्त्री प्रचण्डले चैत १० मा सरकारले पूर्णता पाउने बताएका थिए । तर उनले भनेको समय घर्किएको पनि ४ दिन वित्तिसक्यो । सरकारले भने पूर्णता पाउन सकेको छैन । गठबन्धनका दलहरु बिचमा भागबण्डा नमिल्दा सरकारले पूर्णता पाउन नसकेको हो ।

हरेक पटक सरकार गठन हुँदा महत्वपूर्ण मन्त्रालय सबै दलको खोसाखोसको विषय बन्ने गर्दछ । अहिलेको सरकारमा पनि त्यो देखिएको छ । अहिले राजनीतिक दलहरु बिच मन्त्रालयमा भागबन्डा नमिल्दा सरकाले पूर्णता पाउन सकेकाे छैन ।  गठबन्धन फेरिदा अधिकाशं मन्त्री बाहिरिए । त्यस पछि प्रधानमन्त्रीले नै ती मन्त्रालयको जिम्मेवारी सम्मालि रहेका छन् । अहिले पनि सरकारलाई समर्थन गरिरहेको रास्वपाका सभापति रवी लामिछानेको पद गए पछि उक्त पार्टीका मन्त्रीले पनि राजीनामा दिए ।

अहिले त्यो पार्टील सरकारलाई समर्थन गरेको छ । र उसले गृहमन्त्री आफ्नो पार्टीले पाउनु पर्ने माग गरिरहेको छ । त्यो दाबीमा पछिल्लो समय नेकपा एकीकृत समाजवादी पनि थपिएको छ । सरकारको नेतृत्व गरेका प्रधानमन्त्री प्रचण्ड गृह आफ्नै पाटीसँग राख्ने योजनामा छन् । माओवादीबाट भौतिक योजना मन्त्री रहेका नारायणकाजीलाई गृहमा जाने निश्चित भइसकेकाे छ।

गठबन्धनभित्रको एउटा घटक नेकपा एकीकृत समाजवादी पार्टीले भने कांग्रेसले राष्ट्रपति र माओवादीले प्रधानमन्त्री पाएपछि पहिलो मन्त्रालय आफूहरूले रोज्न पाउनुपर्ने तर्क गरिरहेको छ । रास्वपाले पहिलेकै सबै मन्त्रालयहरू फेरि फिर्ता पाए मात्र सरकारमा जाने सो बताइसकेको छ ।जनाताको सेवा गर्ने भनेपनि नेताहरु पारका प्रयोग गर्न पाइने भएकाले गृहमन्त्री बन्नका लागि निकै हानथाप गर्ने गर्दछन् ।