मेयर कप टी–२० क्रिकेट चैत २३ गतेबाट
वि.सं.२०७९ चैत १५ बुधवार ०८:३६
shares

काठमाडौं, १५ चैत । जनकपुरधाममा ‘मेयर कप’ टी–२० क्रिकेट प्रतियोगिता यहि चैत २३ गतेबाट हुने भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको आयोजना र धनुषा जिल्ला क्रिकेट संघको संयोजनमा आउँदो चैत्र २३ गतेदेखि पहिलो पटक मेयर कप क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिता निर्माणाधीन रामजानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । लिग प्रणालीमा खेलाइने प्रतियोगितामा मधेस प्रदेशका आठ वटै जिल्ला र चारवटा अन्य प्रदेशको गरी १२ वटा टिम सहभागी हुनेछन् । प्रतियोगितामा कुल ३७ लाख रुपैयाँ खर्च हुने आयोजक संस्थाले जनाएको छ ।
जसको लागि आयोजक संस्था जनकपुरधाम उपमहानगरपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरिसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले १० लाख दिने घोषणा गरेका छन् । बाँकी अपुग रकम सहयोगको लागि अनुरोध गरिएको छ ।



















