Dhulikhel Eco Banner new

स्थानीय सरकार बलियो हुन केन्द्र सरकार पनि स्थायी हुनुपर्छ : मेयर साह

5.15K
shares

काठमाडौं, १५ चैत । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अहिले केन्द्र सरकार टिकाउ नहुँने प्रवृतिले स्थानीय सरकारलाई गाह्रो परेको गुनासो गरेका छन् ।

काठमाडौं महानगरपालिकाद्वारा आयोजित न्यायीक समितिको राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै साहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई यसपालि सरकार केही समयलाई टिकाईदिए स्थानीय सरकारलाई समन्वय गर्न सजिलो हुने टिप्पणी गरे ।

उनले भने, ‘स्थानीय सरकार भनेको स्थायी सरकार हो, पाँच वर्षका लागि । प्रधानमन्त्री , मन्त्री यही हुनुहुन्छ उहाँहरूको सरकार टिक्दैन र कहिले कहीँ गाह्रो हुन्छ । सम्माननीय प्रधानमन्त्री ज्यूले यसपालि सरकार केहि समयलाई टिकिदिए हामीलाई समन्वय गर्न सजिलो हुने थियो ।’

सबैभन्दा पहिले बागमती र अन्य खोलानाला जोगाउन आवश्यक भूमिका खेल्न प्रधानमन्त्रीलाई आग्रह गरेका उनले त्यसपछि लिपुलेक पनि जोगाउँला भने । काठमाडौं महानगरले बागमती सभ्यता जोगाउन खोजिरहेको भन्दै उनले यो काममा सरकारको सहयोग रहने विश्वास व्यक्त गरे ।