Dhulikhel Eco Banner new

शेयर बजार सामान्य अंकले बढ्यो, कारोबार रकममा भने भारी गिरावट

5.37K
shares

काठमाडौं, १५ चैत । शेयर बजार लगातार रुपमा तेस्रो दिन पनि बढेको छ । हप्ताको चौथो कारोबार दिन शेयर बजार सामान्य अंकले बढेको हो । अघिल्लो दुई कारोबार दिनमा दोहोरो अंकले बढेको शेयर बजार बुधबार भने १ दशमलव ०२ अंकले बढेको हो ।

दिनभर निकै उत्तारचडाबका बिच अन्तिम समयमा शेयर बजार सकारात्मक रुपमा बन्द भएको हो । आज शेयर बजार परिसूचक १ दशमलव ०२ अंकले बढेर १९१९ दशमवल ४२ विन्दुमा पुगेको छ । शेयर बजार परिसूचक बढेपनि कारोबार रकममा भने भारी मात्रामा गिरावट आएको छ । अघिल्लो दिन १ अर्ब ४४ करोडको कारोबार भएको बजारमा बुधबार २५८ कम्पनीका २५ लाख ३९ लाख ४८ कित्ता शेयर किनबेचबाट ८१ करोड ६२ लाख १९ हजार १२९ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै क वर्गका कम्पनीको मापक सन्सेटिभ इन्डेस्क शून्य दशमवल ६८ अंकले बढेर ३६१ दशमवल २१ विन्दुमा पुगेको छ ।