Dhulikhel Eco Banner new

बिपिडब्लु लघुवित्त र मेगा क्यापिटल बिच शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्झौता

5.02K
shares

काठमाडौं, १५ चैत । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड र मेगा क्यापिटल बिच शेयर रजिष्ट्रार सम्बन्धी कार्यका लागि सम्झौता भएको छ । बुधबार लघुवित्त र क्यापिटल बिच सम्झौता भएको हो ।

सम्झौतामा लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत दिलिप कुमार पोखरेल र क्यापिटलका तर्फबाट का.मु प्रमुख कार्यकारी अधिर्कत शुल श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रममा मेगा क्यापिटलका मार्केटिङ डिपार्टमेन्ट प्रमुख गिरीराज पोखरेल र मर्चेन्ट बैंकिङ इन्चार्ज मनिष दाहालको पनि उपस्थिति रहेको थियो ।

सम्झौत पछि लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेल राख्ने, शेयर दाखिला खारेज गर्ने, नामसारी गर्ने र शेयरवालाहरुको लागत अद्यावधिक गर्ने कार्यहरु मेगा क्यापिटलले गर्ने छ ।