Dhulikhel Eco Banner new

मलेसियामा पाँच जना नेपाली अलपत्र

4.91K
shares

काठमाडौं, १५ चैत । वैदेशिक रोजगारीमा गएका पाँच जना नेपाली मलेसियामा अलपत्र परेका छन् । रोजगारीका लागि गत कात्तिकमा मलेसिया पुगेका पाँच जना नेपाली युवा पाँच महिनादेखि अलपत्र परेका हुन् ।

म्यानपावर कम्पनीको लापरबाहीका कारण उनीहरु अलपत्र परेका हुन् । मलेसियामा अलपत्र पर्नेमा खोटाङ र भोजपुरका दुई दुइ जना तथा चितवनका एक जना रहेका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ११ खार्मीका सोम मगर, खोटाङकै केपिलासगढी गाउँपालिका वडा नम्बर ५ सप्तेश्वरका सुजन खड्का तथा भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर ८ दिङ्लाका सुमन तामाङ र प्रकाश तामाङ रहेका छन् । त्यस्तै अर्का एक जना भने चितवनको खैरहनी नगरपालिका वडा नम्बर १ बहेरीका सनम दराई छन् ।

मलेसियाको जलनसिहलास्थित एउटा घरको कोठामा बन्दी अवस्थामा रहेका उनीहरूले उद्धारका लागि विभिन्न सञ्चारमाध्यममार्फत हारगुहार गरिरहेका छन् । काठमाडौँको गौशलास्थित उत्सव म्यानपावर कम्पनीमार्फत मलेसिया पुगेका उनीहरूले फ्रि भिसा र फ्रि टिकट भए पनि फरक–फरक एजेन्टलाई फरक–फरक परिमाणको धरौटी रकम बुझाएको पाइएको छ । दैनिक ८ घन्टाका दरले हप्ताको छ दिन काम गर्नुपर्ने सम्झौता भए पनि अहिलेसम्म कुनै कम्पनीले जिम्मा नलिएको उनीहरुको गुनासो छ । म्यानपावर कम्पनीका प्रतिनिधिलाई फोन गर्दा विभिन्न बहाना बनाएर धम्की दिन गरेको पीडितको गुनासो छ ।