Dhulikhel Eco Banner new

सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

4.99K
shares

काठमाडौं, १६ चैत । बिहीबार सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो ।

बिहीबार सुनको मूलय घटेपनि चाँदीको मूल्य भने बढेको छ । बिहीबार बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ७ हजार ७०० रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार भने सुनको मूल्य वृद्धि भएको थियो । बुधबार सुन तोलामा ५०० रुपैयाँले बढ्दा प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँ पुगेको थियो । बिहीबार चाँदीको मूल्य भने बढोत्तरी भएको छ । बिहीबार चाँदी तोलामा १० रुपैयाँले उकालो लागेर प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।