Dhulikhel Eco Banner new

म्युचुअल फन्डको ५ प्रतिशत कोटा हटाउछाैँ : अध्यक्ष हमाल

4.59K
shares

काठमाडौं, १६ चैत । नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोष (म्युचुअल फन्ड) को कोटा ५ प्रतिशत हटाउने भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष रमेशकुमार हमालले म्युचुअल फन्डमा दिइदै आएको ५ प्रतिशत कोटा हटाउने बताएका हुन् ।

म्युचुअल फन्डले बजार विकासमा सहयोग नगरेकाले कोटा हटाउन लागिएको उनको भनाइ छ । ‘म्युचुअल फन्डले जुन रुपमा बजार विकासका लागि सहयोग गर्नुपर्ने हो, त्यो नगरेपछि कोटा हटाउन लागेका हौँ,’ उनले भने, ‘म्युचुअल फन्डले बजार विकासमा कस्तो सहयोग गरेका छन, त्यसको मूल्यांकन हामीले गर्नैपर्छ ।’

अध्यक्ष हमालले कतिपय ठूल्ठूला कम्पनीले पनि १० प्रतिशत शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने र ९० प्रतिशत आफैं राख्ने गरेको भन्दै त्यसलाई बढाउने बताए । ‘सर्वसाधारणलाई छुट्याउने गरेको १० प्रतिशतलाई बढाउने हो भने लगानीकर्तालाई बढीभन्दा बढी लगानी गर्ने वातावरण सिर्जना हुनेछ,’ उनले भने ।