Dhulikhel Eco Banner new

बन्दीपुर केवलकारले आईपीओ जारी गर्दै

4.89K
shares

काठमाडौं, १६ चैत । बन्दीपुर केवलकार एण्ड टुरिजम कम्पनीले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले कम्पनीले ५ लाख ८० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

केबलकारलले आईपीओ जारी गर्नका लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धकसमेत नियुक्त गरेको छ । नेपाल एसबीआई मर्चेन्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।