सरकारले सहि कदम नचाले अर्थतन्त्र ध्वस्त हुन्छ : हेमराज ढकाल
वि.सं.२०७९ चैत १६ बिहीवार १९:०६
shares

काठमाडाैं, १६ चैत । नेपाल उद्याेग वाणिज्य महासंघकाे वस्तुगत तर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले व्यवसायी जीवनमा अहिलेकाे जस्ताे अवस्था कहिले नदेखेकाे बताएका छन् । बिहिबार नेपाल उनी उत्पादक तथा निर्यात संघकाे १४ औँ साधारण सभामा बाेल्दै उनले यस्ताे बताएका हुन् ।
अहिलेकाे अबस्थामा सुधार नभएमा अर्थतन्त्र केही समयमा ध्वस्त हुने उनकाे भनाइ थियाे । सरकारले यसमा ध्याम दिन पनि आग्रह गरे । ‘अहिलेकाे अवस्था कायमै रहने हाे भने देशकाे अर्थतन्त्र पाँच/ छ महिनामा ध्वस्त हुन्छ,’ उनले भने । सबैकाे प्रयासबाट अर्थतन्त्र जाेगाउनु पर्ने आवश्यकता रहेकाे उनले बताए ।
‘अहिले उद्योगी व्यवसायीहरु जटिल अवस्थामा पुग्दा पनि महासंघले उठाएको जायज मागलाई सम्बोधन गर्न सरकारले चासो दिएन,’ उनले भने । राज्यले सममा कदम चाल्न नसक्ने हो भने अवस्था विकराल हुने उनको भनाइ थियो । अर्थतन्त्र जोगाउनका लागि निजी क्षेत्र राज्य मिलेर अघि बढ्नु पर्ने उनको धारणा थियो ।
देशको अर्थतन्त्रलाई सुधार गर्नका लागि उत्पादनमा वृद्धि गर्न जरुरी रहेको उनले बताए । ‘उत्पादन नबढाएसम्म अहिलेको अवस्थामा सुधार हुन सक्दैन । यो अवस्था कायम रहेसम्म व्यवसायीका समस्या समाधान पनि हुँदैनन्,’ उनले भने ।



















