Dhulikhel Eco Banner new

स्वदेशी सामानकाे प्रयाेगलाई प्राेत्साहन गर्नु पर्छ : अध्यक्ष मल्ल

5.12K
shares

काठमाडाैं, १६ चैत । ब्राण्ड स्थापना गरेर नेपाली सामान विदेश पठाउनु पर्ने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आग्रह गरेका छन् ।  नेपाल उनी उत्पादक तथा निर्यात संघकाे १४ औँ साधारण सभामा बाेल्दै अध्यक्ष मल्लले यस्ताे बताएका हुन् ।

स्वदेशी वस्तुकाे उपभाेग बढाउने तर्फ सबैले ध्यान दिनु पर्ने उनकाे भनाइ थियाे । विदेशबाट सामान ल्याउन कम गर्ने र स्वदेशी उत्पादनलाई प्रयाेग गरेकाे खण्डमा अवस्था सुधार हुने उनकाे धारणा थियाे ।  बैंककाे ब्याजदर घटाएर व्यवसायीलाई बचाउनु पर्ने आवश्यक रहेकाे  भन्दै यसमा सरकाले ध्यान दिनु पर्ने उनकाे भनाइ थियाे । सरकार र निजी क्षेत्र मिलेर काम गर्नु पर्ने र अवस्था सुधार गर्नु पर्ने आवश्यकता रहेकाे उनले बताए ।