खराब कर्जा व्यवस्थापनमा वैशाखबाट नेशनल एकेडेमीले सेवा दिने
वि.सं.२०७९ चैत १७ शुक्रवार ०७:१६
shares

काठमाडौं, १७ चैत । बढ्दो खराव कर्जाको कारण नेपालको बैकिङ क्षेत्र तनावमा छ । आर्थिक मन्दिको कारण उद्योग व्यवसाय चल्न सकेको छैन । बढ्दो महंगिले जनताको क्रयशक्ति दिन पर दिन कमजोर हुदैछ । यस्तोमा बैंक वित्तिय संस्थाबाट कर्जा लिएका ऋणिहरु कर्जाको किस्ता र व्याज तिर्न सक्ने अवस्थामा छैनन्। निष्कृय कर्जाको मात्रा बढ्दै गइरहेको छ । २ प्रतिशत भन्दा कम रहेको निष्कृय कर्जा आषाढ भित्र ५ प्रतिशत पुग्ने बारे नेपाल राष्ट्र बैकले चेतावनी दिइसकेको छ ।
अमेरिकाको बैंकहरु टाट पल्टदै जाँदा र स्विजरल्याण्डको क्रेडिट स्विस बैंक चलाउन नसक्ने अवस्थामा पुगेको भयावह अवस्था छ । यस्तोमा नेपालको बैंकिङ क्षेत्रको निष्कृय कर्जा २ प्रतिशत भन्दा कम हुँदा अन्तराष्ट्रिय मुद्रा कोषले विश्वास गर्न नसकेको अवस्था छ । दश वटा ठुला वाणिज्य बैंकको लेखा परिक्षण अन्तराष्ट्रिय मान्यता प्राप्त लेखा परिक्षकबाट गराउनु पर्ने शर्तले भविश्य कता जाने ठेगान छैन् ।
चारै तिर असहज परिस्थितिको वीच नेपालका केही ठुला उद्यगपति, व्यवसायी बैंकको ऋण नतिर्ने अभियानमा सक्रिय छन । सहकारी पछि लघु वित्त ओरालो लाग्दै गर्दा कतै नेपालका बैंक वित्तिय संस्था पनि संकटग्रस्त हुने त हैन भनि आम जनमानस त्रसित भएको अवस्था देखिन्छ । बैंकर र ऋणी वीचको तनाव र असमझदारी बढ्दै गइरहेको छ । चैत्र २८र२९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको चुनावले आगोमा घ्यू थप्ने काम भैरहेको देखिन्छ । भोटको राजनीतिले गर्दा उद्योगपति व्यवसायी बैंक वित्तिय संस्था विरुद्ध बोल्न थालेका छन् ।
बैंक र ऋणी वीचको असमझदारी र दुरीलाई न्यूनिकरण गर्ने र खराव कर्जा व्यवस्थापनमा सहयोगिको भूमिका खेल्ने गरी नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेज प्रा।लि। ले २०८० बैशाखबाट कारोबार संचालन गर्दैछ । कम्पनीका संस्थापक अध्यक्ष रमेश कुमार भट्टराईका अनुसार यस्तो संकटपूर्ण र एक अर्का प्रति अविश्वास भएको बेला विश्वासिलो माध्यस्थकर्ताको आवश्यकता हुन्छ । त्यही आवश्यकता पूर्तिको लागि पूर्व बैंकर र विशेषज्ञहरुको टिम बनाएर आउदो बैशाखबाट कारोबार संचालन गर्न लागेको भट्टराईले बताउँछन् ।
नेशनल एकेडेमीको टिममा नेपाल बैंक र कृषि विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप साह, महालक्ष्मी फाइनान्स र विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई, प्रुडेन्सियल फाइनान्स, यूनाइटेड फाइनान्स र सिद्धार्थ विकास बैंकमा पूर्व प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र, विरगंजका चार्टर्ड एकाउन्टेन्ट अरविन्द खेतान, अधिवक्ता छविलाल घिमिरे, आइटी इन्जिनियर रितेश भट्टराईको टिम बनाएको कम्पनीले जनाएको छ । विभिन्न करपोरेट क्षेत्रका व्यक्तित्व र संचार उद्यमिहरुको समेत कम्पनीमा सहभागिता रहेको छ।
नेशनल एकेडेमीले मूलत संचालनमा रहेको कम्पनी र संघ संस्थाको विकासको लागि काउन्सेलिङ, कन्सलटेन्सी र कोचिङ (तालिम) गर्ने उद्देश्य लिएको छ । संभावना अनुसारको नयाँ व्यवसायको खोजी गर्ने , स्टार्ट अप व्यवसायलाई सघाउ पुर्याउने र संचालनमा रहेको कम्पनी, संघ संस्थालाई बलियो बनाउन आफ्नो टिमबाट विशेषज्ञ सेवा दिने गरी कार्य योजना बनाएको छ ।
आर्थिक मन्दीको कारण देशमा बन्द तथा समस्यामा परेका उद्योग व्यवसायलाई सल्लाहकार सेवा दिने तथा विशेषत बैंक र ऋणी वीचको असमझदारी हटाउन समन्वय कर्ता तथा मध्यस्थकर्ताको भूमिका खेल्ने र खराव कर्जा व्यवस्थापनमा विशेषज्ञ सेवा प्रदान गर्ने लक्ष्य लिएको संस्थापक अध्यक्ष तथा हाल महालक्ष्मी लाईफ इन्स्योरेन्सका कार्यकारी प्रमुख रमेश कुमार भट्टराईले बताए ।



















