धनुषाबाट १४ लाख रुपैयाँसहित दुई जना पक्राउ
वि.सं.२०७९ चैत १७ शुक्रवार ११:१३
shares

जनकपुरधाम, १७ चैत । प्रहरीले धनुषाबाट १४ लाख रुपैयाँ सहित दुई जानालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ५ बनरझुलाबाट १४ लाख नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो ।
धनुषाको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक (ईन्सपेक्टर) राज कुमार भट्टले कमाण्डमा गएको प्रहरी टोलीले सर्च अपरेशनकै क्रममा श्रोत नखुलेको १४ लाख नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीचौकी बल्हागोठको सईको कमाण्डमा खटिएको संयुक्त चेकजाँच टोलीले जयनगरबाट जनकपुर तर्फ आउँदै गरेको प्रदेश नं. २–०२–००३ प ७०४५ नम्बर को मोटरसाईक चेकजाँच गर्ने क्रममा रकम फेला परेको हो ।
चेकजाँचको क्रममा मोटरसाइकलका चालक धनुषा धनुषाधाम नगरपालिका वडा नं. २ धनुषाधाम बस्ने अन्दाजी बर्ष ५५ को जोगिन्द्र यादवको साथबाट १० लाख र पछाडी सवार १९ वर्षका कृष्ण साहको साथबाट ४ लाख रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



















