Dhulikhel Eco Banner new

बारामा एसईईको प्रश्नपत्र बाहिरीयाे

5.24K
shares

काठमाडौं, १७ चैत । बारा जिल्लास्थित एक परीक्षा केन्द्रबाट एसईई अन्तर्गतको पहिलो दिन अँग्रेजी विषयको प्रश्नपत्र बाहिरीएको छ । बाराको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको हो ।

परीक्षा सुरु भएको १५ मिनेटभित्रै प्रश्नपत्र बाहिरिएको हो । परीक्षा केन्द्रका केन्द्राध्यक्षको व्यवस्थापनको कमजोरीका कारण प्रश्नपत्र बाहिरिएको बताइएको छ । सामाजिक सञ्जालमा प्रश्नपत्रको तस्बिर निकै भाइरल पनि बनिरहेको छ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा शुक्रबार बिहान ८ बजेदेखि देशभरका २ हजार ३७ परीक्षा केन्द्रमा सुरू भएको छ ।