Dhulikhel Eco Banner new

कोभिडका कारण बन्द रहेका चिनिया नाका पूर्ण रुपमा खुल्ला

6.2K
shares

काठमाडौं, १८ चैत । चीन तर्फका सबै नाका पूर्ण रुपमा खुला हुने भएका छन् । कोरोनाका कारण बन्द भएका चीन तर्फका नाका पूर्ण रुपमा खुला हुने भएका हुन् ।

चीननले २०७६ चैत ११ गते नेपाल सरकारले लकडाउन गरेपछी चीन तर्फका नाका बन्द गरेका थिए । कोरोनाका कारण बन्द रहेको रसुवागढी नाका शनिबारदेखि खुला भएको छ । २०७८ को असोजदेखि एकतर्फी रुपमा मालसामान ल्याउनका लागि खुला भएको नाका शनिबारदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको हो ।

परराष्ट्र मन्त्रालयले निरन्तर व्यापार सहजीकरण गर्न आग्रह गरेपनि २०७८ असोजमा केरुङबाट ७ ट्रक र तातोपानी भन्सारबाट १० देखि १५ कन्टेनर सामान ल्याउन दिइएको थियो । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि गत पुस १२ गते रुसुवा नाकाबाट करिब ५२ लाख रुपैयाँ बराबरको ८ कन्टेनर सामान निर्यात भएको थियो । तर, २०७६ चैत यता यात्रुको आवतजावत पुर्ण रूपमा ठप्प थियो ।

चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा नेपालको तर्फबाट गएको पाणिज्य सचीव मधु मरासिनी नेतृत्वको प्रतिनिधिमण्डल र तिब्बत सरकारका भाइस चियर म्यान सहितको प्रतिनिधि बीच चैत १५ गते भएको वार्ताले सीमा नाका खुल्ला गर्ने सहमती गरेको हो ।

सहमति अनुसार तीन नाकाबाट व्यापार र दुई नाकाबाट यात्रु आवतजावत गर्न पाउने छन् । सहमति अनुसार अप्रील १ तारीखबाट रसुवागढी नाका दोहोरो व्यापार र यात्रुका लागि खुल्ला भएको छ । तीन वर्षदेखि स्थलमार्गबाट नेपालले निर्यात गर्न नपाउँदा चीन तर्फको निर्यात लगातार घाटामा रहेको थियो ।

आगामी मे १ बाट हुम्लाको यारी नाका पनि दोहोरो व्यापार र यात्रुका लागि खुल्ला गर्ने दुई देश बीच सहमती भएको छ । यस्तै, आगामी मे १ बाटै सिन्धुपाल्चोकको तातोपानी नाका दोहोरो व्यापार खुल्ला गरिने छ । तर यात्रुका लागि भने तत्काल खुल्ला नहुने भएको छ ।