बजेट मस्यौदा लेखन समिति गठन
वि.सं.२०७९ चैत २४ शुक्रवार १६:३५
shares

काठमाडौं, २४ चैत । नयाँ बजेट निर्माणका लागि बजेट मस्यौदा लेख समिति गठन गरिएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/२०८१ को बजेट मस्यौदा लेखन समिति गठन गरेका हुन् ।
मन्त्री महतले अर्थमन्त्रालयका सहसचिव भुपाल बरालको संयोजकत्वमा बजेटको मस्यौदा लेखन समिति गठन गरेका हुन । मन्त्रीस्तरीय निर्णयबाट गठन भएको मस्यौदा समितिमा अर्थमन्त्रालयका सहसचिवहरु उत्तर कमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनराज शर्मा सदस्य रहेका छन ।
संविधान अनुसार हरेक आर्थिक वर्षको आय व्यय विवरण आर्थिक वर्ष सुरु हुनु भन्दा डेढ महिना अघि अर्थात जेठ १५ गते ल्याउनु पर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार बजेट ल्याउनका लागि मन्त्री महतले बजेटको मस्यौदा लेखन समितिको निर्माण गरेका हुन । समितिले आगामी आर्थिक वर्षको बजेटको खाका तयार गर्नेछ । सोही खाकालाई अर्थमन्त्री महतले अन्तिम रुप दिनेछन ।
अर्थमन्त्री महतले अर्थतन्त्रलाई गति दिनका लागि भएपनि नयाँ कार्यक्रम समावेश भन्दा पनि पुरानो कार्यक्रमलाई स्रोत व्यवस्थाका आधार निरन्तरता दिने संकेत दिइसकेका छन ।



















