Dhulikhel Eco Banner new

अमेरिकी डलरको मूल्य बढ्यो, कुन देशको विनिमयदर कति ?

4.94K
shares

काठमाडौं, २८ चैत । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेको छ । पछिल्ला दिनमा स्थिर रहेको डलरको मूल्य मंगलबार भने बढेको हो ।

राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार एक अमेरिक डलरको खदिरदर १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४८ पैसा रहेको छ । सोमबार भने एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा रहेको थियो ।
त्यस्तै आज युरो एकको खरिददर १४२ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४३ पैसा कायम भएको छ । अघिल्लो दिन युरो एकको खरिददर १४२ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४३ रुपैयाँ १३ पैसा रहेको थियो । मंगलबार पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५० पैसा पुगेको छ । अघिल्लो दिन पाउण्डको खरिददर १६२ रुपैयाँ २९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३ पैसा रहेको थियो ।

राष्ट्र बैंकले मंगलबार लागि जारी गरेको बिनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३० पैसा र बिक्रीदर ८७ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ ९९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४४ पैसा, सिंगापुर डलरको खरिददर ९८ रुपैयाँ ५१ पैसा र बिक्रीमा ९८ रुपैयाँ ९७ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९ रुपैयाँ ९४ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९७ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८० पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ६७ पैसा र बिक्रीदर २९ रुपैयाँ ८१ पैसा रहेको छ ।