केही महिनामा अर्थतन्त्रलाई सुधार गर्न सकिन्छ : वरिष्ठ उपाध्यक्ष ढकाल
वि.सं.२०७९ चैत २८ मंगलवार १२:५०
shares

काठमाडौं, २८ चैत । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले इच्छा शक्ति भएमा असम्भव केही पनि भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंको ५७ औँ साधारण सभालाई सम्बोधन गर्दै ढकालले अहिलेको अवस्थाबाट पार पाउनका लागि काम गर्नु पर्ने बताएका हुन् ।
‘सुरुमा नेपाल श्रीलंका बन्छ भन्ने गरिएको थियो । तर मैले हामी श्रीलंका बन्दैनौ भनेको थिएँ । म सधै सकारात्मक सोच्ने भएकाले अहिले अवस्थामा सुधार पनि आएको छ,’ उनले भने । समस्या समाधानका लागि सबैको हातेमालो गर्नु पर्ने उनको भनाइ थियो । काम गर्न सकेको खण्डमा अहिलेको समस्या केही महिनामा समाधान हुने उनको भनाइ छ ।
अझै पनि राजनीतिक परिवेशलाई देखाएर पन्छिने रहेको भन्दै राजनीतिलाई दोष दिएर पन्छिन नमिल्ने उनले बताए । अबको ३ वर्षमा विकासील देशबाट अघि बढ्दै गरेको भन्दै निजी क्षेत्रको भूमिका पनि बढाउन पर्ने ढकालको भनाइ थियो । अर्थतन्त्रको मेरुदण्ड निजी क्षेत्र भएको भन्दै निजी क्षेत्रलाई प्रोत्साहान गर्नु पर्ने उनले बताए ।



















