खर्च कटौती गरेर मात्र आर्थिक संकट सुल्झिदैन : सांसद गुरुङ
वि.सं.२०७९ चैत २९ बुधवार १५:१३
shares

काठमाडौं, २९ चैत । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले खर्च कटौति गर्ने सरकारी नीति प्रति असन्तुष्टि पोखेका छन् । देशमा भइरहेको आर्थिक संकटलाई खर्च कटौती गरेर मात्र समाधान गर्न नसकिने बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा सांसद गुरुङले खर्च कटौती आर्थिक संकटको उपाए नभएको भन्दै ठूलो मात्रामा खर्च गर्ने उपाएहरु निकाल्न सरकारलाई सुझाव दिए ।
उनले भने, ‘आज ठूलो समस्या हामीले झेलिरहेका छौँ । कि मूलुकमा आज आर्थिक संकट आइपरेको छ । तर यो आर्थिक संकटलाई खर्च कटौती गरेर मात्र साम्य हुन सक्दैन । आजको दिनमा हामीले ठूलो खर्च कटौती गरिरहेको छौ । खर्च कटौती उपाए हुँदै होइन । ठूलो मात्रामा हामीले खर्च गर्ने उपाएहरु निकाल्न सक्नुपर्छ । तब मात्र आर्थिक संकटबाट मुक्त हुन्छौ ।’
उनले देशमा नीतिगत, संरचनागत र कार्यन्वयनको तहमा समेत व्यापक भ्रष्टाचार हुने गरेको बताए ।



















